मंसिर २६, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि भएको निर्वाचनको समानुपातिक तर्फ रामेछापमा एमाले पहिलो पार्टी बनेको छ ।
समानुपातिक तर्फको परीणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेकपा एमाले पहिलो , नेपाली कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका छन् ।
निर्वाचनमा जम्मा खसेको ८९ हजार ५ सय ८७ मत गन्दा प्रतिनिधिसभा तर्फ नेकपा एमालेले कांग्रेसले भन्दा २ सय २५ बढी मत प्राप्त गरेको छ । मतपरीणाम अनुसार एमालेले २६ हजार ८ सय ५२ , नेपाली कांग्रेसले २६ हजार २ सय २७ र माओवादी केन्द्रले १९ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभा तर्फ पनि नेकपा एमलेलेनै बढी मत पाएको छ । नेपाली कांग्रेसले भन्दा २ हजार २ सय ३६ मत बढी ल्याएर प्रदेश सभामा पनि एमाले पहिलो बनेको छ ।
प्रदेशसभातर्फ नेकपा एमालेले २६ हजार १ सय २ , कांग्रेसले २३ हजार ८ सय ६६ र माओवादी केन्द्रले १८ हजार ७ सय ४८ मत ल्याएका छन् ।
फेसबुक कमेन्ट