काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य बृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलियन पदार्थको मूल्य बृद्धि गरेको हो ।
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १÷१ रुपैयाँ मूल्य बढाएको हो। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बृद्धि गरिएको छ । इन्डियन आयल कर्पाेरेशनले मूल्य बढाएपछि समायोजनका लागि आफुहरुले पनि मूल्य बढाएको आयल निगमले जनाएको छ।
फेसबुक कमेन्ट